काठमाडौं– गण्डकी प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलामा प्रशिक्षण दिन प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली पोखरा पुगेका छन् ।
उनी त्यहाँ पुगेलगत्तै उनीविरुद्ध कालो झन्डा देखाएका चार विद्यार्थी नेतालाई प्रहरीले पक्राउ गरेको छ । ओलीविरुद्ध पोखराको सभागृहबाहिर कालो भन्डा देखाउन विद्यार्थीहरुले तयारी गरेका थिए । समाजवादी पार्टी नजिकको विद्यार्थी संगठनका नेताहरुले नाराबाजी गर्न थालेपछि उनीहरुलाई पक्राउ गरिएको हो ।
विरोधमा विद्यार्थीहरुले गोकुल बाँस्कोटाको अडियो प्रकरण, यति होल्डिङ्सको विषय तथा नेकपा सरकार भ्रष्टाचारमा लिप्त भएको भन्दै नाराबाजी गरेका थिए । पक्राउ पर्नेमा नेत्र चापागाईं, रेशम सापकोटालगायत छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।