फेवातालमा डु‌ंगा पल्टिँदा एकजना बेपत्ता,  दुईजनाकाे सकुशल उद्धार

पोखरा– पोखरास्थित फेवातालमा डु‌ंगा पल्टिँदा एकजना बेपत्ता भएका छन् । काठमाडौं महानगर १० कपनका २७ वर्षीय सुमित भन्ने रामशरण लुइटेल बेपत्ता भएका हुन् । 

उनको खोजी भइरहेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । उनीसँगै डुंगामा सवार सुविन चालिसे र रुपेश अधिकारीको भने प्रहरीले सकुशल उद्धार गरेको छ । 

कपन निवासी उनीहरू सबै काठमाडौंबाट घुम्नका लागि पोखरा गएका थिए । उनीहरु आफैँले डु्रगा चलाएर फेवाताल घुम्दै गरेको अवस्थामा डुंगा पल्टिएको प्रहरीको भनाइ छ । 





  • प्रकाशित मिति : फागुन १२, २०७६ साेमबार १८:८:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया