सहकर्मी बलात्कारको आरोपमा पूर्वअसई राजेन्द्र राई पक्राउ

काठमाडौं– नेपाल प्रहरीका पूर्वअसई राजेन्द्र राई सहकर्मीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।

एक महिला प्रहरीले राजेन्द्रविरुद्ध महिला तथा बालबालिका सेल, कालीमाटीमा जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडाैंले जानकारी दिएकाे छ । ९ महिनाअघि आफू बलात्कृत भएको भन्दै ती महिलाले प्रहरीमा उजुरी दिएकी थिइन् ।

सहकर्मी बलात्कारको आरोप लागेपछि प्रहरी प्रधान कार्यालयको सुरक्षा सेवा निर्देशनालयमा कार्यरत राईले यही फागुन १ गते राजीनामा दिएका थिए । 





  • प्रकाशित मिति : फागुन १२, २०७६ साेमबार १८:१७:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया