जापानकी तनाका संसारकै जेठी, क्यान्सरलाई जितेर बाँचिन् ११७ वर्ष

एजेन्सी– जापानी महिला केन तनाकाले गएको आइतबार ११७ औँ जन्मदिन मनाएकी छिन् । उनी विश्वमा सबैभन्दा जेठी महिला हुन् । उनले आइतबार आफ्ना साथी र आफन्तहरुसँग जापानको फुकुओकाको एउटा नर्सिङ होममा जन्मदिन मनाएकी हुन् । 

उनी सन् १९०३ मा जन्मिएकी हुन् । 

उनले गत वर्षमा नै ११६ वर्ष ६६ दिन बाँचेपछि गिनिज बुक अफ वल्र्ड रेकर्ड्समा आफ्नो नाम लेखाएकी थिइन् ।

आठ दिदीभाइमा उनी सातौं सन्तान हुन् । १९ वर्षको उमेरमा उनको हिदेओ तनाकासँग विवाह भएको थियो । उनका चार सन्तान छन् । उनले पछि एक सन्तानलाई एडप्ट  पनि गरेकी थिइन् ।

तनाकालाई कोलेरेक्टल क्यान्सर पनि भएको थियो । तर, उनले यसलाई पनि जितिन् र अहिले विश्वमै सबैभन्दा जेठी महिलाको रेकर्ड बनाइन् । 





  • प्रकाशित मिति : फागुन १२, २०७६ साेमबार २२:१७:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया