एजेन्सी– भारतको उत्तर प्रदेशमा अहरौला क्षेत्रको एक गाउँमा एक महिलाले आफ्ना श्रीमानविरुद्ध उजुरी दिएकी छिन् । ६० वर्षका उनका श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । अहिले उनी प्रहरी हिरासतमा छन् ।
खासमा यी वृद्धले पाँचौ पटक विवाह गरेपछि उनविरुद्ध उजुरी परेको हो । उनले पहिलो श्रीमतीको निधनपछि दोस्रो विवाह गरेका थिए । त्इसपछि उनले तेस्रो विवाह पनि गरे । तर, यी श्रीमतीले पनि उनलाई छोडिन् । उनले चौथों विवाह गरे । तर, चौथो श्रीमतीले छोडेपछि उनीकहाँ तेस्रो श्रीमती आएर बसेकी थिइन् ।
तैपनि वृद्धाले विवाह गर्ने क्रम जारी राखे । उनले पाँचौ पटक विवाह गरेर श्रीमती ल्याएपछि उनकी तेस्री श्रीमतीले प्रहरीमा उजुरी दिएकी हुन् । उनले पतिले आफूलाई र बच्चाहरुलाई पिट्ने गरेको पनि उजुरी दिएकी छिन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।