स्लिम हुन छाेड्नु पर्दैन भात !

एजेन्सी– आफ्नो मोटो शरीरलाई फिट बनाउने चाहना कसको पो नहोला र ? हुन पनि हामीमध्ये धेरैले आफ्नो शरीरलाई फिट बनाउने चाहनामा भात खान छोडिरहेका पनि हुनसक्छौँ । एशियाली देशमा त झन् यो क्रम बढी हुन्छ । किनकि एशियामा सेतो चामलको भात खाने परम्परा छ । 

हामी नेपाली पनि दुई छाक भात नै खान खोजिरहेका हुन्छौँ । तर, हामीले खाने सेतो चामलको भातमा चाहिँ स्टार्च र क्यालोरी निकै धेरै हुन्छ । यसले ब्लड सुगर बढाउने मात्र होइन, मोटोपना पनि बढाउँछ । त्यसैले हामीले तौल घटाउनु पर्ने छ भने सेतो चामलको भात भन्दा ‘ब्राउन’ चामलको भात खान सक्छौँ । 

अमेरिकी तथ्याङ्कअनुसार १०० ग्राम पाकेको चामलमा १३० क्यालोरी र २८ ग्राम कार्बोहाइड्रेट हुन्छ । अनि हामीले खाने गरेको भातमा फाइबर र प्रोटिन हुँदैन । यसमा केही मात्रामा भिटामिन बी हुन्छ । त्यसैले तौल घटाउन मन हुनेहरुले अहिले नियमित खाइरहेको भात भन्दा काब्रोहाइड्रेट कम हुने चामलको प्रयोगलाई प्राथमिकता दिनुपर्छ । 





  • प्रकाशित मिति : फागुन १३, २०७६ मंगलबार ०:२५:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया