यी हुन् सलमान खानका पाँच फ्लप फिल्म

भारतीय सिनेजगत्मा लामो समयदेखि स्थापित नाम हो, सलमान खान । सन् १९८८ मा ‘बिबी हो तो ऐसी’बाट फिल्मी दुनियाँमा प्रवेश गरेका खानले एक सयभन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन् ।

खानद्वारा अभिनीत फिल्ममध्ये सबैभन्दा धेरै कमाउनेमा ‘टाइगर जिन्दा है’ रहेको छ । सुपरहिट फिल्म दिएका खानका केही यस्ता नचलेका फिल्म पनि छन्, जसबारे दर्शकलाई थाहा नहुन सक्छ । खानले अभिनय गरेका फिल्मको लगानी र प्रदर्शनपछिको कमाइलाई हेर्दा उनका ३२ वटा फिल्म फ्लप भएका छन् । नराम्रोसँग डुबेका (फ्लप भएका) सलमानका पाँच फिल्म यी हुन्ः

१. लभ
लभ सन् १९९१ मा निस्किएको फिल्म हो । सलमान खान र रेवती लिड रोलमा रहेको फिल्म तेलगु फिल्म ‘प्रेमा’ हिन्दी रुपानतरण थियो । तर, ओरिजनल फिल्मजस्तो लभले सफलता पाउन सकेन । फिल्म सुरेश कृष्णले निर्देशन तथा स्याम बजाजले निर्माण गरेका थिए । फिल्मले २.५ करोड मात्र कमाएको थियो । 

२. सूर्यवंशी
सूर्यवंशी सन् १९९२ मा रिलिज फिल्म हो । खान, सहिवा, साहिद जाफरी र अमृता सिंहको प्रमुख भूमिका रहेको सो फिल्म पनि फ्लप भएको थियो । फिल्मलाई राकेश कुमारले निर्देशन तथा विजयकुमार गलानीले निर्माण गरेका थिए । यो फिल्मले पनि आफ्नो सम्पूर्ण प्रदर्शनबाट १.५ करोड मात्र कमाएको थियो । 

३. एक लडका एक लडकी
एक लडका एक लडकी सन् १९९२ मा प्रदर्शन भएको  फिल्म हो । निलम कोथारी र सलमान खानको प्रमुख भूमिका रहेको फिल्म पनि फ्लप भएको थियो । हलिउड फिल्म ओभर बोर्डको हिन्दी रुपान्तरणमा निकालिएको फिल्मले ओरजिनलले जस्तो सफलता पाउन सकेन । फिल्मलाई विजय साडनाहले निर्देशन तथा डिडी यान्डेले निर्माण गरेका थिए । फिल्मले जम्मा १.८ करोड मात्र कमाएको थियो । 

४. मेरीगोल्ड
सन २००७ मा निस्किएको फिल्म हो, मेरीगोल्ड । सलमान खान र अली लार्टरको प्रमुख भूमिका रहेको फिल्म खानको सबैभन्दा नाजुक रूपमा फ्लप भएको सिनेमा हो । फिल्मलाई विल्लार्ड कारोलले निर्देशन तथा चाल्र्स साल्मोनले निर्माण गरेका थिए । फिल्मले जम्मा एक करोड मात्र आम्दानी गरेको थियो । 



५. मे और मिसेस खन्ना
मे और मिसेस खन्ना सन् २००९ मा निस्किएको फिल्म हो । सलमान खान, करिना कपुर र सोहेल खान प्रमुख भूमिकामा रहेको फिल्म पनि निकै नाजुक रूपमा फ्लप भएको थियो । फिल्मलाई प्रमेम सोनीले निर्देशन तथा सोहेल खानले निर्माण गरेका थिए । २०.२ करोडको लगानीमा बनेको सो फिल्मले प्रर्दशनबाट ८ करोड मात्र कमाएको थियो । 
 



  • प्रकाशित मिति : फागुन १३, २०७६ मंगलबार ०:१७:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया