ताप्लेजुङमा प्रहरीले खाेल्याे पुस्तकालय

ताप्लेजुङ— समुदायलाई लक्षित गर्दै ताप्लेजुङमा प्रहरीले पुस्तकालय स्थापना गरेकाे छ । संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री योगेशकुमार भट्टराईले सोमबार जिल्ला प्रहरी कार्यालयको सामुदायिक प्रहरी परिसरमा पुस्तकालयको उद्घाटन गरेका हुन् । 

पुस्तकालय उद्घाटनका लागि गृह जिल्ला पुगेका मन्त्री भट्टराईले पुस्तकालयले गाउँ समाजमा जनचेतना जगाउन ठूलो भूमिका खेल्ने भन्दै प्रहरीको प्रसंशा गरे । उनले भने, ‘प्रहरीले अपराधीमात्रै पक्राउ गर्दैन,  गाउँ घरमा पुस्तकालय खोलेर जनचेतना पनि जगाउँछ भन्ने कुराको नमूना हो यो ।’  

जिल्ला तथा जिल्ला बाहिरका विभिन्न व्यक्ति तथा संघ स‌ंस्थाको सहयोगमा पुस्तकालयको निर्माण गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी ज्ञानेन्द्रप्रसाद फुयालले बताए । पुस्तकालयमा ४ लाख ५५ हजार ६ सय ३९ रुपियाँको लगानीमा एक हजार ८ सय ७५ थान पुस्तक राखिएको छ ।

नेपाल पुनर्विमा कम्पनीले ३ लाख ५ हजार ७ सय ३५ को पुस्तक, नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीले ६३ हजार ४ चार २८ रुपियाँ बराबरको पुस्तक उपलब्ध गराएको डिएसपी फुयालले जानकारी दिए । पुस्तकालयलाई व्यवस्थित गर्न सहयोग जुटाउने काम भइरहेको उनले बताए । 





  • प्रकाशित मिति : फागुन १३, २०७६ मंगलबार १०:३:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया