आजभोलि हाम्रो जीवनशैलीका कारण विभिन्न समस्याहरु निम्तिरहेका हुन्छन् । मानिसहरु पनि विभिन्न समस्यामा परिरहेका हुन्छन् जसका कारण भोजन तथा अन्य शैलीको विषयमा पनि बारम्बार विवाद भइरहेको हुन्छ । सबैभन्दा पहिले त अहिले हामीले शारीरिक व्यायाम गर्न पनि समय नपाएका हुन सक्छौँ ।
तर, यसका लागि पनि समाधान नभएको होइन । घरेलु उपायबाट नै हामीले हाम्रो महत्वपूर्ण अंग मुटु जोगाउन पनि सक्छौँ ।
अनियमित दिनचर्या, ज्यादा चिल्ला खाना तथा व्यायाम नहुँदा मुटुको रोग लाग्न सक्छ ।
त्यसैले मुटुको स्वास्थ्यका लागि घरमा नै अचुक औषधि नभएको होइन । यसका लागि त सिर्फ पाँच कुराको आवश्यकता हुन्छ । त्यो हो– लसुन, अदुवा, कागती, एप्पल भिनेगर र बेसार ।
लसुन, अदुवा, कागतीको एक एक कप शुद्ध रस निकाल्ने र त्यसमा एक कप शुद्ध एप्पल भेनेगर मिलाएर एउटा मिश्रण बनाउने र त्यसलाई उम्हाल्ने अनि तीन कप शुद्ध बेसार हालेर घोलन बनाउनु पर्छ । अब यो मिश्रणलाई एउटा शिसाको बोतलमा राखेर विहान र साँझ दुई दुई चम्चा तातो पानीसँग खाने हो भने यसले मुटुको अनेक रोगलाई टाढा बनाउने मात्र होइन, कोलेस्ट्रोल पनि कम गर्छ । साथै धमनीहरुमा पनि यसले सहयोग गर्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।