काेराेना भाइरसकाे संक्रमण काेरियामा तीव्र गतिमा बढ्दै

चीनको वुहान शहरबाट सुरु भएको कोरोना भाइरस अहिले दक्षिण कोरियामा तीव्र रुपमा बढी रहेको त्यहाँका सञ्चार माध्यमले जनाएको छ । मंगलबारसम्म कोरोना संक्रमणले १० जनाको मृत्यु भइसकेकोे त्यहाँका सञ्चार माध्यमले जनाएको छ । 

२५ लाख जनसंख्या भएको थेगु सहर केन्द्रित भाइरस अहिले कोरियाको विभिन्न स्थानमा फैलिँदै गइरहेकोे छ । 

दक्षिण कोरियामा मंगलबारसम्म ९ सय ७७ जना संक्रमित भएका छन् । सोमबार ८ सय ३३ जना संक्रमित भएकोमा एकै दिन मंगलबार थप १ सय ४४ जनामा संक्रमण देखिएको हो । 

कोरोनाको संक्रमणको केन्द्र थेगु सहरमा रोजगारीको सिलसिलामा आठ हजार नेपाली युवा कार्यरत छन् । थेगु सहरको जनजीवन कोरोनाले गर्दा पूर्ण रुपमा प्रभावित बनेको रोजगारीको सिलसिलामा पुगेका रामेछापका नवीन तामाङले जानकारी दिए ।   

वैदेशिक रोजगारीमा दक्षिण कोरिया पुगेको नेपालीको संख्या ४० हजार भन्दा बढी रहेको इपीएस कार्यलयले जनाएको छ । त्यति मात्र नभई कोरिया जान तयार रहेको नेपाली युवाहरूको तालिका पनि कोरोनाकै कारण अनिश्चित बनेको छ । इपीएस कार्यलयका निर्देशक कृष्ण प्रसाद खनालले भने, ‘अहिले कोरिया जान तयार नेपाली युवाहरूलाई पठाउने वा नपठाउने भन्ने टुङ्गो लागेको छैन ।’ 

दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण देखिएपछि त्यहाँका नेपालीहरूको अवस्थाबारे स्वास्थ्य मन्त्रालय, श्रम मन्त्रालय, वैदेशिक रोजगार विभागलगायत अन्य सम्बन्धीत निकायसँग छलफल भइरहेको उनले जानकारी दिए । तर, तत्काल ल्याउने वा नल्याउने विषयमा टुङ्गो नलागेको उनले बताए । 





  • प्रकाशित मिति : फागुन १३, २०७६ मंगलबार २१:२१:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया