अनि पतिले गरे पत्नीको टाउकोमा सिलौटो प्रहार

काठमाडौं— केही समययता विवाहेत्तर सम्बन्धका विभिन्न प्रसंगहरु हामीमाझ आइरहेका छन् । केही पहिले प्रेमीसँग मिलेर पतिको हत्या गर्ने एक युवती अहिले प्रहरी अनुसन्धानमा छिन् । केहीअघि यस्तै एउटा प्रसंगमा एक युवतीले प्रेमीलाई नै प्रयोग गरेर भक्तपुरमा आफ्नै आमाको हत्या गरेकी थिइन् । 

तर, यो घटना भारतको हो । भारतको बिहारमा एक व्यक्तिले आफ्नी पत्नीमाथि आशंका गर्दै उनको हत्या नै गरेका छन् ।

उनीहरु एउटा गाउँमा भाडा लिएर बसेका थिए । तर, ती युवाले पत्नी अनुपमाको चरित्रमाथि शंका गरिरहेका हुन्थे । उनले पत्नीको अर्कै युवासँग चक्कर चलिरहेको भन्दै गाली गरिरहेका हुन्थे । यही निहुँमा पत्नीसँग झगडा हुँदा ती युवाले पत्नीको टाउकोमा सिलौटो प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ । अहिले ती युवा फरार छन् ।





  • प्रकाशित मिति : फागुन १३, २०७६ मंगलबार २१:३३:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया