हङकङका पुस्तक विक्रेतालाई १० वर्ष जेल सजाय

एजेन्सी– एक चिनियाँ अदालतले हङकङका पुस्तक विक्रेता गुइ मिन्हाइलाई १० वर्षको जेल सजाय सुनाएको छ । उनलाई चीनका विभिन्न विषयमा गतिविधि विदेशका जासुसहरुलाई दिइएको आरोपमा यो जेल सजाय सुनाएको हो ।

गुइले अहिले स्विडिस नागरिक हुन् । तर, उनलाई सन् २०१५ देखि चीनले बारम्बार पक्राउ गर्ने गरेको थियो । 

उनले यसअघि चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरु तथा सदस्यहरुबारे विभिन्न पुस्तक लेख्ने गरेका थिए । 

अदालतले यो सजाय सुनाएपछि मानवअधिकारवादी संघसंस्थाहरुले यसलाई गलत सजाय भन्दै उनलाई तत्काल रिहा गर्न माग गरेका छन् ।

उनी हङकङमा भएको एउटा पुस्तक पसलका पाँच जना निर्देशकमध्ये एक थिए । तर, सन् २०१५ देखि उनी हराइरहेका थिए । पछि उनलाई चीनले पक्राउ गरेको खुलेको थियो । पाँच जनामध्ये अन्य चारलाई केही अघि मात्र चीनले छोडेको थियो ।

अदालतले आफ्नो फैसला सुनाउँदा गुइले सन् २०१८ मा चिनियाँ नागरिकता लिएको पनि बताएको छ । अनि भनेको छ– चीनले अहिले दोहोरो नागरिकता चिन्दैन । 



उता, स्विडेनका विदेशमन्त्रीले आफ्नो नागरिक गुइलाई तत्काल रिहा गर्न अनुरोध गरेका छन् ।

सन् २०१५ मा थाइल्यान्डबाट वेपत्ता भएपछि गुइबारे अन्तराष्ट्रिय सन्चारमाध्यममा समाचार आउन थालेको थियो । तर, उनी पछि चीनमा भेटिएका थिए ।



  • प्रकाशित मिति : फागुन १३, २०७६ मंगलबार २२:२:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया