सैनिक अस्पताललाई काठमाडौं महानगरको डेढ करोड

काठमाडौं महानगरपालिकाले वीरेन्द्र सैनिक अस्पताललाई जटिल रोगका लागि विशेषज्ञ उपचार सेवा प्रदान गर्न डेढ करोड रुपैयाँ उपलब्ध गराएको छ ।

अस्पतालले ७ माघबाट सुरु गरेको हेमोडाइलाइसिस सेवालाई दिगो बनाउन भन्दै महानगरले अनुदान दिएको हो । अनुदान रकमको चेक काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले मंगलबार सहायकरथी सागरबहादुर केसीलाई हस्तान्तरण गरे ।

मेयर शाक्यले जटिल रोगका लागि विशेषज्ञ उपचार सेवा प्रदान गर्न महानगरले नेपाली सेनासँग सहकार्य गरेको बताए । महानगरको अनुदानमा सञ्चालित हेमोडाइलाइसिस सेवाबाट महानगरबासी र महानगरका कर्मचारीले निःशुल्क सेवा पाउने छन् । निःशुल्क सेवा प्राप्त गर्न महानगरपालिकाको जनस्वास्थ्य विभागबाट सिफारिस लिएर आउनुपर्ने अस्पतालले जनाएको छ ।

अस्पतालमा सो सेवा प्रभावकारी बनाउन महानगरका प्रवक्ता एवं वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलको संयोजकत्वमा पाँच सदस्यीय कार्यदलसमेत गठन गरिएको छ । 





  • प्रकाशित मिति : फागुन १३, २०७६ मंगलबार २३:५२:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया