मोदीको फोटो भएकाले केक काटेका थिएनन् मन्त्रीले !

एजेन्सी— आइतबार नेपाली नक्सा भएकाे केक काटेपछि प्रधानमन्त्री केपी शर्मा ओली निकै आलाेचित बनेका छन् ।

अनि उनका समर्थकले यसलाई विश्वकाे प्राक्टिस भनिरहेका छन् । 

तर केही पहिले भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे जन्मदिनमा असम राज्यका अर्थमन्त्री हिम्मत बिस्वाले केक काट्न मानेका थिएनन् । र उनले त्यतिबेला मुख्यमन्त्री सबार्नन्दलाई पनि त्यो केक काट्न दिएनन् । यसको एउटै कारण हो– केकमा भएको प्रधानमन्त्री मोदीको तस्वीर । 

त्यहाँको भारतीय जनता पार्टीका कार्यकर्ताले त्यो केक तयार पारेर ल्याएका थिए । तर, जब सरमाले चक्कु लिएर अगाडि बढे उनले त्यहाँ मोदीको तस्वीर देखे । त्यसपछि उनी रोकिए । 

‘प्रिय नेताको तस्वीर काट्नु भनेको नेता काट्नु जस्तै हो,’ उनले भने, ‘केक बनाउनेले मोदीको स्नेहका कारण त्यहाँ फोटो राख तर मोदीको तस्वीर हामी काट्न सक्दैनौँ ।’





  • प्रकाशित मिति : फागुन १४, २०७६ बुधबार ०:२७:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया