बुद्धले भनेका थिए– सक्षम नहुनु भ्रम मात्र हो, वास्तविकता होइन

काठमाडौं– एक पटक गौतम बुद्ध धर्म सभालाई सम्बोधन गरिरहेका थिए । मानिसहरु उनी भएको ठाउँमा आत्तिँदै पुग्थे र समस्याको हल लिएर फर्किन्थे । त्यहाँ एकजना गरिब व्यक्ति थिए जो सभामा जानेहरुलाई ध्यान दिएर हेरिरहन्थेँ । र, उनी यो सबै देखेर आश्चर्यचकित हुन्थे । र, ती व्यक्तिले बुद्धकहाँ गएर आफ्नो बारे सोध्ने निर्णय गरे । 
उनी बुद्धकहाँ गए र सोधे– गाउँमा सबैजना सक्षम छन्, तर म किन गरिब छु ?

बुद्धले उनलाई जवाफ दिएका थिए– तिमी गरिब छौ किनकि तिमीले कसैलाई सहयोग गरेका छैनौँ, केही दिएका छैनौँ । तर, ती गरिबले फेरि सोधे– म आफैं असक्षम छु, कसलाई के दिन सक्छु ? 

बुद्धले भने– भौतिक रुपमा त केही नहोला तर तिमीसँग मुस्कान छ जसलाई तिमी प्रयोग गरेर मानिसहरुमा आशाको सन्चार गर्न सक्छौँ । तिमीसँग मुख छ, मीठो बोल्न सक्छौ । र, तिमीसँग दुई हात छन्, यसको प्रयोग गरेर मानिसहरुलाई सहयोग गर्न सक्छौ । बुद्धले भनेका थिए– भगवानले मानिसहरुलाई यी तीन चिज दिएका छन् जसका कारण ऊ कहिल्यै गरिब वा असक्षम हुन सक्दैन । कोही पनि असक्षम हुनै सक्दैन, असक्षम छु भन्ने त भ्रम मात्र हो, वास्तविकता होइन ।





  • प्रकाशित मिति : फागुन १४, २०७६ बुधबार ६:४०:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया