भारतको महाराष्ट्रदेखि छत्तीसगढसम्म अलग–अलग जिल्लामा गरी ३३ वटा हत्यामा संलग्न मध्यप्रदेशको एक सिरियल किलरले पुलिसलाई भावुक बयान दिएर सबैलाई हैरान बनायो । उसले आफ्नै बुबाको समेत माया नपाएकाले आफू हत्यारा बनेको बयान दियो । पेसाले दर्जी आदेश कामरामाथि ३३ जना ट्रक ड्राइभरको हत्या गरेको आरोप छ ।
कामराको बयान थियो, ‘मलाई कसैले पनि वास्ता गर्दैनथे । म त्यसपछि अन्तर्मुखी भएँ । मभित्र धेरै आक्रोश थियो । म आफैँलाई थाहा नै भएन कि म कसरी हिंस्रक मान्छे बनेँ ।’ तर पनि, पुलिस उसको भावुकतामा अल्झेको भने छैन । सोधपुछबाट ऊ योजनाबद्ध रूपमा मान्छेको ज्यान लिने हत्यारा हो भन्ने कुरा पुलिसले बुझेको छ । मार्नुपूर्व उसले मार्न लागेको मान्छेसँग दोस्ती गर्ने गथ्र्याे ।
उसले पुलिसलाई बताएअनुसार उसको पिता गुलाब कामरा सेनामा नायब सुब्बा थिए । उनी परेड ग्राउन्डको जस्तै अनुशासन घरमा पनि लाउँथे । एसपी लोढाले भने, ‘उसले बचपनमा आफ्नो बाबा कठोर भएको कुरा बतायो । उनी उसलाई सधँै पिट्थे र सानो सानो कुरामा पनि घरबाट निस्केर जा भन्थे ।’ कोल्ड ब्लडेड किलर सानोमा आफैँ पनि ट्रमाको सिकार भएको कुरा लोढाले बताए । हुन सक्छ, त्यतिवेलादेखि नै उसले हिंसक प्रवृत्ति अपनायो, जसकारण उसले निर्धक्कसँग हत्या गर्यो ।
प्रहरीकाअनुसार आदेश एकदमै क्रूर मान्छे हो र उसको सबै बयान क्रसचेक हुँदै छ । पुलिसले अहिले पत्ता लगायो कि उसको आपराधिक इतिहास २००५–०६ सम्म पुग्छ, जतिवेला उसले लागुऔषध लिन सुरु गरेको थियो । उसले २०१० देखि अपराध सुरु गरेको अनुसन्धानबाट खुल्न आएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।