नेप्सेमा रेकर्ड ब्रेक, ४ अर्बभन्दा बढीको कारोबार

काठमाडौं– बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ५० दशमलव ९३ अंकले बढेर १ हजार ५ सय ९६ दशमलव १३ मा पुगेको छ । ४ अर्ब भन्दा बढीको कारोबार भएर नेप्सेमा सेयर कारोबार रकमले रेकर्ड नै ब्रेक समेत गरेको छ । 

दिनभरको तीव्र उतारचढावबीच सेयर बजारमा हरियाली छाएको हो । बुधबारको तुलनामा नेप्से परिसूचक ३ दशमलव ३० अंकले बढेको हो । कारोबार रकममा समेत उल्लास देखिएको छ । 

दिनभर ९९ लाख ६ हजार ९ सय ८९ कित्ता सेयर किनबेच भएका छन् । जसका लागि ३२ हजार १ सय ५४ कारोबारबाट भए । जसअनुसार कारोबार रकम ४ अर्ब १५ करोड ४८ लाख ८३ हजार ९२ रुपैयाँ पुगेको छ । 

बुधबार ४ अर्ब १५ करोड ४८ लाख ८३ हजार ९२ रुपैयाँको कारोबार भएर नयाँ रेकर्ड कायम भएको हो ।





  • प्रकाशित मिति : फागुन १४, २०७६ बुधबार १६:५:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया