संसदमा दुई प्रतिवेदन पेस, एक स्वीकृत

काठमाडाैं– प्रतिनिधिसभाको बैठकले ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक’लाई स्वीकृत गरेको छ । 

सदनको मंगलबार बसेको बैठकमा गणपूरक संख्या नपुगी निर्णयार्थ प्रस्तुत हुन नसकेको सो प्रस्तावलाई सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठकमा निर्णयार्थ प्रस्तुत गरेका थिए । 

अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले ‘नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७६’ र  शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले ‘राष्ट्रिय खेलकुद विकास विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७६’ सदनसमक्ष पेस गरेका छन् । 





  • प्रकाशित मिति : फागुन १४, २०७६ बुधबार १८:१७:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया