एउटै गोली खर्च नभई कम्युनिष्ट पार्टी आफ्नै कारण सकिएः  प्रचण्ड

काठमाडाैं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विवाद नभएको दिन पार्टी नै नरहने तर्क गरेका छन् । बिहीबार राजधानीमा सम्पन्न नेकपाका बागमती प्रदेशका अगुवा कार्यकर्ताको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले पार्टीमा विवाद हुनु र भूमरी चल्नु सामान्य प्रक्रिया भएको बताए ।

एकताबद्ध हुन कोसिस गरिरहेको बताउँदै उनले भने, ‘तर जुन दिन विवादरहित र शान्त पार्टी बन्छ, त्यो दिनबाट पार्टी चाहिन्न ।’ विवादरहित र शान्त भएपछि साम्यवाद आउने भएकले त्यसपछि त्यसपछि पार्टीको आवश्यकता नपर्ने बताए । 

सञ्चारमाध्यममा आएका समाचारका पछि नलाग्न आग्रह गर्दै उनले पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्ने बताए । युद्धकालको स्मरण गर्दै उनले भने, ‘कम्युनिष्टलाई गोलीले लडाउन सकेन, तर सत्तामा गएपछि कुशासन र भ्रष्टाचारले सकेको छ । एउटै गोली खर्च नभई कम्युनिष्ट पार्टी आफ्नै कारण सकिएका छन् ।’ 





  • प्रकाशित मिति : फागुन १५, २०७६ बिहीबार १७:३३:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया