शुक्लाफाँटामा दम्पतीको हत्या : छुट्टाछुट्टै घरमा शव फेला

शुक्लाफाँटा नगरपालिका ११ झलारी कलुवारका ५२ वर्षीय जयलाल भण्डारी र २२ वर्षीया पत्नी धनादेवीको हत्या भएको हो । बिहीबार राति धारिलो हतियार प्रयोग गरेर उनीहरूको घरमै हत्या भएको प्रहरीले जनाएको छ । 

भण्डारीका दुई कच्ची घर छन् । एक घरमा पत्नी र अर्को घरमा पतिको शव फेला परेको हो । ५२ वर्षीय भण्डारीले २२ वर्षीया धनादेवीसँग केही वर्षअघि दोस्रो विवाह गरेका थिए । जयलालकी पहिलो पत्नीको मृत्यु भएपछि उनले दोस्रो विवाह गरेका छिमेकीले बताएका छन् । मृतक दम्पतीका ६ महिनाकी एक छोरी छिन् । 

प्रहरीले घटना शंकास्पद रहेको भन्दै अनुसन्धानका लागि तालिमप्राप्त कुकुरको प्रयोग गरेको छ । बुधबार राति घटना  भए पनि बिहीबार दिउँसो मात्रै स्थानीयले थाहा पाएका थिए । दिनभर घरमा चालचुल नदेखेपछि मृतक महिलाकी आफन्त पार्वती रावल दिउँसो भण्डारीको घरमा पुगेकी थिइन् । दुई घरमा पतिपत्नीकै शव देखेपछि रावलले हल्लाखल्ला गरेकी थिइन् । त्यसपछि मात्र घटना सार्वजनिक भएको हो । 

पतिपत्नीबीचको झैझगडाले घटना भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । कञ्चनपुरका प्रहरी प्रमुख मुकुन्द मरासिनी आफैँ घटनास्थल पुगेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक सुरज कार्कीले घटनाबारे अनुसन्धान भइरहेको बताए । ‘घटनाको सूक्ष्म ढंगले अनुसन्धान सुरु गरेका छौँ । केही दिनमा यथार्थ खुल्ला,’ कार्कीले भने । आमाबाबु दुवैको मृत्यु भएपछि ६ महिनाकी बालिकाको विचल्ली भएको छ ।





  • प्रकाशित मिति : फागुन १६, २०७६ शुक्रबार ८:४९:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया