गोकुल बाँस्कोटाले आफूविरुद्ध झुटो आरोप लगाइएको भन्दै अदालतमा दायर गरे मुद्दा

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका नेता तथा निवर्तमान सन्चारमन्त्री गोकुल बाँस्कोटाले जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् । 

उनले आफूविरुद्ध लगाइएको आरोप झुटो भएको भन्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन् । 

यो कुराको जानकारी स्वयं गोकुल बाँस्कोटाले ट्विट गर्दै दिएका छन् । उनले ट्विटरमा लेखेका छन्– मविरुद्ध लगाइएको झुटा लाञ्छना र गालिबेइजजतीविरुद्धमा आफ्ना प्रतिनिधिमार्फत् जिल्ला अदालत काठमाडौंमा न्याय माग्दै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँछु ।

 





  • प्रकाशित मिति : फागुन १६, २०७६ शुक्रबार १५:५:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया