यसपटकको फागु पूर्णिममा ४९९ वर्षपछिको योग

काठमाडौं– यसपटक फागूपूर्णिमा आउन अब दुई साता पनि बाँकी छैन । २६ गते परेको फागूपूर्णिमा नेपालको तराई क्षेत्रमा चाहिँ २७ गते मनाइन्छ । 

यसपटक सोमबार नै होलिका दहन हुनेछ । यसलाई अत्यन्त शुभ संयोगका रुपमा लिइएको छ । तर, यसपटक फागूपूर्णिमा अर्थात् होलीमा विशेष योग परको ४९९ वर्षपछि हो । र, यो गुरु तथा शनिको विशेष योग हो । 

र, यो विशेष योग हो– यी दुवै ग्रह आआफ्नो राशीमा बस्नेछन् । किनकि गुरु राशी धनीसँग निस्किएर शनिसँग मकर राशीमा आउँदैछ ।

यी दुई ग्रहको यस्तो योग यसअघि ३ मार्च १५२१ मा परेको थियो । 

यसपटक फागुपूर्णिमा शुक्र मेष राशीमा, मंगल र केतु धनु राशीमा, राहु मिथुनमा, सूर्य र बुध कुम्भ राशीमा, चन्द्र सिंह राशीमा पर्दैछन् । ग्रहहरु यस्तो ठाउँमा रहनुले शुभ फल प्राप्त गर्ने विश्वास गरिन्छ ।





  • प्रकाशित मिति : फागुन १६, २०७६ शुक्रबार १७:२:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया