धादिङमा पक्राउ परे बम पड्काएर तर्साउने व्यक्ति

जिल्ला प्रहरी कार्यालय धादिङले बिष्फोटक पदार्थ तथा संगठित अपराध मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेकाे छ । फरार प्रतिवादी पक्राउ अभियानअन्तर्गत गल्छी गाउँपालिका-३ बस्ने ईच्छुक भनिने त्रिचन्द्र देवकोटालाई प्रहरीले शुक्रबार पक्राउ गरेकाे हाे ।

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ धादिङका अध्यक्षसमेत रहेका देवकोटाले गत साउनमा जिल्लाकाे सिद्धलेक गाउँपालिका-६ स्थित मुक्तिनाथ मन्दिर नजिक बम राखी स्थानीयबासीलाई आतंकित बनाएका थिए । यस्तै, एनसेल टावरमा आगजानी, प्रेसर कुकर बम राखेर राजमार्ग अवरोध गरेकाे जिल्ला प्रहरी सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिए ।





  • प्रकाशित मिति : फागुन १६, २०७६ शुक्रबार १८:४७:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया