दिल्लीमा भएको हिंसाको विरोधमा बंगलादेशमा प्रदर्शन, मोदीलाई गरिएको निम्तो रद्द गर्न माग

एजेन्सी– दिल्लीमा भइरहेका साम्प्रादायिक हिंसाको विरोधमा बंगलादेशका अधिकांश इस्लामिक पार्टीहरुले देशमा विरोध प्रदर्शन सुरु गरेका छन् । त्यहाँ यस्ता विरोध प्रदर्शन सुरु भएको तीन दिन भइसकेको छ । 

समाचार एजेन्सी पिटिआईका अनुसार दिल्लीमा भएको हिंसामा अहिलेसम्म ४२ जना मारिएका छन् ।

ढाका भएका प्रदर्शनमा इस्लामिक पार्टीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई शेख मुजीबुर रहमानको सयौँ जयन्तीका लागि बोलाइएको निम्तो रद्द गर्न माग गरेका छन् । 

मुजीबर रहमानको सयौँ जयन्तीका कार्यक्रममा मार्च दोस्रो साता त्यहाँ सुरु हुँदैछ । त्यसका लागि बंगलादेशले विभिन्न देशका प्रमुखहरुलाई बोलाएको छ ।

बंगलादेशको पत्रिका ढाका ट्रिब्यूनका अनुसार प्रदर्शनकारीहरुले भारतीय प्रधानमन्त्रीको निम्तो रद्द नगरे उनी त्यहाँ पुग्दा ढाका विमानस्थलमा व्यापक विरोध गर्ने चेतावनी दिएका छन् । हिफाजत ए इस्लामका उपाध्यक्ष जुर हुसैन कामीले भनेका छन्, ‘यो विरोध अहिले यत्तिकै रोकिँदैन, झन् चर्किन्छ ।’





  • प्रकाशित मिति : फागुन १७, २०७६ शनिबार २१:२०:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया