भक्तपुर– भक्तपुरमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका दुई जना कार्यकर्ता पक्राउ परेका छन् ।
शंकास्पद गतिविधि गरिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले कालिकोटको रुक्सा गाउँपालिका-४ घर भई भक्तपुर बस्ने कुशल बोगटी र रोल्पाको त्रिवेणी गाउँपालिका–५, जुगार घर भई भक्तपुर बस्ने बुद्धिलाल पुनलाई पक्राउ गरेको हो ।
सोधपुछका क्रममा बोगटी र बुद्धिलाल दुवै विप्लव माओवादी भक्तपुरका पूर्वसेक्रेटरी हुन् । बोगटी र पुनलाई सोधपुछ गर्दा उनीहरुले प्रहरी कर्मचारीलाई गाली गलौज गरेका थिए ।
उनीहरुलाई प्रहरीले मुलुकी फौजदारी अपराध संहिता ०७६ को दफा ११८ बमोजिम अभद्र व्यवहार मुद्दा चलाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।