नेप्से परिसूचक घट्यो, कारोबार रकममा भने उल्लास

काठमाडौं– गत बिहीबार मात्रै १ हजार ६ सय माथि पुगेको नेप्से परिसूचक घटेर १ हजार ५ सय ९१ दशमलव ३६ अंकमा झरेको छ । साताको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ४० दशमलव ८२ अंकले घटेको छ ।

नेप्से परिसूचक घटे पनि कारोबार रकम भने ५ अर्ब नजिक पुगेको छ । दिनभर भएका ३९ हजार २ सय ८९ कारोबारबाट १८३ कम्पनीका १ करोड २५ लाख १७ हजार २ सय १७ कित्ता सेयर किनबेच भएका छन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार रकम ४ अर्ब ८४ करोड ७४ लाख ३७ हजार ५ सय ५ रुपैयाँबराबरको भएको छ । आइतबार बैंकिङ क्षेत्रको कारोबार उत्साहप्रद रह्यो । 

जसमा  एनएमबी बैंक सबैभन्दा बढी कारोबार हुने बैंकमा दरिएको छ । २६ करोड ६३ लाख ७४ हजार १ सय ९७ रुपैयाँको सेयर किनबेचबाट एन्एमबी पहिलो नम्बरमा पुगेको हो । त्यसैगरी, ग्लोबल आइएमई बैंक दोस्रो नम्बरमा देखिएको छ । जसको २५ करोड ८५ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ ।

नेपाल लाइफ इन्स्यारेन्स तेस्रो नम्बरमा देखिएको छ । २४ करोड ६४ लाख रुपैयाँभन्दा धेरैको कारोबार भएर नेपाल लाइफ तेसा्रो नम्बरमा रहँदा एनआइसी एसिया बैंक र नेपाल बैंक चौथौ तथा पाँचौँ नम्बरमा छन् ।





  • प्रकाशित मिति : फागुन १८, २०७६ आइतबार १६:२:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया