भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा प्रचण्डमाथि जुत्ता प्रहार

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार भएको छ । पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा आइतबार प्रचण्डमाथि जुत्ता प्रहार भएको हो । 

जुत्ता हान्‍ने व्यक्तिको पहिचान भने खुलेकाे छैन । महानगरीय प्रहरी परिसरका अनुसार जुत्ता प्रहार गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा प्रचण्डलाई लक्षित गरेर जुत्ता प्रहार गरिएको थियो ।

यसअघि प्रचण्डलाई भृकुटीमण्डपमा एकजनाले माला लगाउने क्रममा थप्पड हानेका थिए । तत्कालीन माओवादीको चियापान समारोहमा उनलाई एक व्यक्तिले थप्पड हानेका थिए । 





  • प्रकाशित मिति : फागुन १८, २०७६ आइतबार १६:३२:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया