बाबुराम भट्टराईलाई मन परेन प्रचण्डमाथि जुत्ता प्रहार, भने– असहमती मर्यादित ढंगले राखौँ
फाइल तस्वीर ।

काठमाडौं– प्रचण्डमाथि आइतबार राष्ट्रिय सभा गृहमा भरतमोहन अधिकारीको प्रथम स्मृति दिवसमा जुत्ता प्रहार भएपछि पूर्वप्रधानमन्त्री डा।बाबुराम भट्टराईले आफ्ना असहमति र मतभेद शान्तपूर्ण र मर्यादित ढंगले व्यक्त गर्ने संस्कारको विकास गर्नुपर्ने बताएका छन् ।

प्रचण्डका पूर्वसहकर्मी समेत रहेका बाबुरामले प्रचण्डलाई जुत्ता प्रहार भएको खबर सार्वजनिक भएपछि ट्वीट गर्दै यस्तो धारणा राखेका हुन् । 

उनले ट्विट गरेका छन्– ‘आफ्ना असहमति र मतभेद शान्तपूर्ण र मर्यादित ढंगले व्यक्त गर्ने संस्कार विकास गरौं ।

लोकतन्त्रमा आलोचनात्मक चेत हुनुपर्ने बताउँदै त्यसलाई व्यक्त गर्ने तरीका पनि लोकतान्त्रिक हुनुपर्ने बताएका छन् । उनले लेखेका छन् ‘लोकतन्त्रमा आलोचनात्मक चेतना हुनैपर्छ तर त्यसलाई व्यक्त गर्ने तरीका पनि लोकतान्त्रिक हुनुपर्छ।’

उनका साथासाथै यसबारे ट्विटरमा निकै धेरै प्रतिक्रिया आउन थालेका छन् । कतिले प्रचण्डमाथि जुत्ता प्रहार गर्ने रतनलाई स्याबासीसमेत दिएका छन् ।

 





  • प्रकाशित मिति : फागुन १८, २०७६ आइतबार १८:४१:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया