खानेपानीका लागि जमिन दान गर्ने कन्चनपुरका दम्पत्ति

भीमदत्त नगरपालिकाका एक दम्पत्तीले खानेपानी आयोजनाका लागि चार कट्ठा जमिन दान गरेका छन् । बागफाँटा खानेपानी उपभोक्ता तथा सरसफाई समितिलाई मानमती भट्ट र धर्मानन्द भट्टले जमिन दान गरेका हुन् । 

भीमदत्त नगरपालिका १९ बाँगफाँटाका स्थानीयसमेत रहेका भट्ट दम्पतीले खानेपानीका लागि चार कट्टा जमिन निःशुल्क दान दिएका छन् । 

भीमदत्त नगरका जनप्रतिनिधी समेत रहेका धर्मानन्द भट्ट र उनकी धर्मपत्नीले समाजिक सेवाका लागि भन्दै जमिन दान दिएका हुन् । 

भट्ट दम्पत्तीले लाखौं मूल्य पर्ने जमिन सामाजिक सेवाका लागि भन्दै दिएकाे र  जमिन नामसारी प्रकृयामा रहेको छ । भट्ट दम्पत्तीले समितिलाई निःशुल्क जमिन दान गरेपछि स्थानीयका लागि शुद्ध पिउने पानीको सुविधा हुने छ ।





  • प्रकाशित मिति : फागुन १८, २०७६ आइतबार १८:५०:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया