ट्रम्पकी छोरी साइकलमा चढेको फोटोसप्ड तस्वीर, अनि उनको प्रतिक्रिया

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतको भ्रमण सकेर फर्किइसकेका छन् । तर, भारतीय सामाजिक सन्जाल प्रयोगकर्ताले उनको यो भ्रमणको विषयमा अहिलेसम्म चर्चा गरिरहेका छन् । कतिपयले उनकी छोरी इभान्का ट्रम्पका तस्वीरहरुलाई फोटोसप गरेर सामाजिक सन्जालमा राखिरहेका छन् । 

त्यो पनि अत्यन्त हास्यास्पद तस्वीरहरु सेयर भएका छन् । तर, यसलाई हजारौँले सेयर गरेका छन् । 

अनि अहिलेको ग्लोबलाइजेसनको दुनियाँमा इभान्काले पनि यी तस्वीर हेरेकी छिन् । हेरेकी मात्र होइन, उनले यसमा प्रतिक्रिया पनि दिएकी छिन् ।

एक भारतीय युवकले इभान्कालाई साइकलमा राखेको तस्वीर सेयर गरेका छन् । अनि यसलाई रिट्विट गर्दै इभान्काले लेखेकी छिन्– मैले भारतमा निकै धेरै साथीहरु बनाएकी छु । 

दलजित दोसान्जले सेयर गरेको अर्को फोटोसप तस्वीरमा इभान्काले लेखेकी छिन्– मलाई ताजमहल लगेकोमा धन्यवाद, यो अनुभव कहिल्यै भुल्ने छैन ।





  • प्रकाशित मिति : फागुन १८, २०७६ आइतबार २३:४७:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया