काठमाडौं– आइतबार विहान सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो मिर्गौला दोस्रो पटक प्रत्यारोपण गर्न लागिएको जानकारी दिए ।
लगत्तै उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए– ओलीको मिर्गौला प्रत्यारोपण नेपालमै गरिँदै छ, त्रिवि शिक्षण अस्पतालमा ।
त्रिवि शिक्षण अस्पतालमा अहिलेसम्म कम्तिमा पनि ७ सय जनाको मिर्गौला प्रत्यारोपण गरिएको छ ।
यो समाचार सार्वजनिक भएलगत्तै ओलीको स्वास्थ्य लाभको कामना धेरैले गरे । र, उनको प्रशंसा पनि गरियो– उनले मिर्गौला प्रत्यारोपणका लागि नेपाली अस्पताल नै छाने ।
तर, सामाजिक सन्जालमा यो विषयमा मात्र छलफल भएको छैन ।
केही सामाजिक सन्जाल प्रयोगकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीले गर्न लागेको मिर्गौला प्रत्यारोपणबारे कानुनी प्रश्न पनि उठाएका छन् ।
सामाजिक सन्जालमा मुटु चिकित्सक डा. रामेश कोइरालाले यसबारे लेखेका छन्–
'नजिकको नातेदार' भनेका पति, पत्नी, छोरा, छोरी, बाबु, आमा, भान्जी, साली, जेठान, ज्वाइँ, नाति, देवर, ...., नन्द, भदै सबै हुन्, तर 'पर्ने' चैँ हैनन्! नेपालमा कानून सबैलाई बराबर हो भने दातासँगको नाता नक्कली हो/हैन र आर्थिक प्रलोभन छ/छैन, अनिवार्यरुपमा समितिले छानबिन गर्नु पर्छ।
— रामेश (@RaameshKoirala) March 1, 2020
उनको यो ट्विटसँगै प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणबारे प्रश्नहरु उठेका हुन् ।
हुन पनि नेपालमा अंग दान सहज विषय छैन । यसका विशेष प्रावधानहरु रहेका छन् । यसबारे नेपाली कानुनले भन्छः
र, अहिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कसले मिर्गौला दिन लागेको हो भन्ने अहिलेसम्म प्रधानमन्त्री वा उनको सचिवालयले खुलाएको छैन । तर, प्रधानमन्त्री भएकैले उनले देशको कानुन नमान्न पाउने कुरा पनि नहुने धेरैले गरेका छन् ।
एक ट्विटर प्रयोगकर्ताले लेखेका छन्ः
मेरो बुवा को किड्नी ट्रान्सप्लान्ट प्रकृयामा लागेको एक बर्ष हुन लाग्यो,नेपालमा बिबिध कारणले समस्या छ।सबै नाता प्रमाणित देखि हरेक कानुनी जटिलता रहेका छन्।तर अोली सरकारले टिचिङ मै ट्रान्सप्लान्ट गर्ने भन्ने समाचार हेर्दा उन्का नाता प्रमाणित पेपर देखि अन्य सबै प्रकृया पुगेकै होलान।
— JUSTIN s (@JSK396) March 1, 2020
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।