प्रचण्डमाथि आक्रमण अराजकताको पराकाष्ठाः महेश बस्नेत

काठमाडौं– नेकपा नेता तथा भक्तपुरका सांसद महेश बस्नेतले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि आइतबार भएको जुत्ता प्रहार अराजकताको पराकाष्ठा भएको बताएका छन् । 

आइतबार मध्यरातमा सामाजिक सन्जाल फेसबुकमा स्टाटस लेख्दै बस्नेतले यसलाई निराशाको पनि संज्ञा दिएका छन् । सँगसँगै उनले यस्ता कार्यलाई प्रोत्साहन होइन, निन्दा गर्नु पर्ने धारणा राखेका छन् । 

उनले आगामि दिनमा आयोजकहरुको सावधानी पुगोस् भन्ने पनि कामना गरेका छन् । 

बस्नेतले यस्तो टिप्पणी गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । छोटो समयमा नै केही प्रतिक्रिया आफ्नो स्टाटसमा पाएका बस्नेत केही पहिलेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकट नेताका रुपमा चिनिन्थे । तर, पछिल्लो समय उनको र प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बन्ध चिसिएको नेकपा कार्यकर्ताहरु बताउँछन् । त्यसैले पनि केहीले उनी अब प्रचण्डसँग नजिकिन खोजेका होइनन् त भन्ने आशंका गरेका छन् । त्यसो त तत्कालीन माओवादी हुँदा अध्यक्ष प्रचण्डका खरा आलोचकमध्ये एक बस्नेत थिए ।
 





  • प्रकाशित मिति : फागुन १९, २०७६ साेमबार १:२६:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया