कोरोना भाइरसः दक्षिण कोरियामा चर्चका पास्टरमाथि नरसंहारको आरोप

एजेन्सी— दक्षिण कोरियामा एउटा धार्मिक संगठन÷चर्चका नेतामाथि कोरोना भाइरस देशमा फैलाएको आरोप लगाउँदै अनुसन्धान गरिने भइएको छ ।

कोरियाली राजधानी सिओलको सरकारले अनुसन्धान गरिरहेका कर्मचारीलाई त्यहाँको सिनचिओन्जी चर्जका संस्थापक ली मान हीमाथि अनुसन्धान गर्न आदेश दिएको छ । उनीसँगै अन्य ११ जनामाथि पनि अनुसन्धान हुने भएको छ ।

उनीहरुले आफ्नो चर्चका सदस्यहरुमा कोरोना भाइरस हुँदाहुँदै पनि यसलाई लुकाएको आरोप लगाइएको छ । 

दक्षिण कोरियामा चीनपछि कोरोना भाइरसका कारण अवस्था निकै नाजुक बनेको छ । त्यहाँ ३७३० जनामा कोरोना भाइरस देखिइसकेको छ भने २१ जनाको मृत्यु भइसकेको छ । कोरोना भाइरस संक्रमण हुनेमध्ये सबैभन्दा बढी सिनचिओन्जी चर्चका सदस्य छन् । 

यही चर्चका सदस्यले एकले अर्कोलाई कोरोना भाइरस संक्रमण गराएको आरोप लगाएका छन् । पहिले दक्षिणी सहर देइगुमा फैलिएको यो संक्रमण अहिले देशभर फैलिएको उनीहरुको आरोप छ ।

आइतबार सिओलको सरकारले उनीहरुविरुद्ध कानुनी प्रक्रिया सुरु गर्न निर्देशन दिएको हो । उनीहरुलाई नरसंहार गरेको आरोप लगाउन र त्यहाँको कानुन मिचेको आरोप लगाउन निर्देशन दिइएको छ । 



यो चर्चका २ लाख ३० हजार सदस्यहरुसँग सोधपुछ गरिएको छ । तीमध्ये झन्डै ९ हजारले आफूहरुमा कोरोना भाइरसको संक्रमण देखिएको स्वीकार गरेका छन् ।

त्यही चर्चकी एक ६१ वर्षीया महिलाले आफूमा कोरोना भाइरस संक्रमणका लक्षण देखिएको स्वीकार गरेकी छिन् । तर, उनले अस्पतालमा नगएर चर्चमा यो कुरा लगेको मानिन्छ । 



त्यसो त यही चर्चका संस्थापक लीमा पनि कोरोना भाइरस संक्रमण देखिएको छ । अहिले उनी उपचारको क्रममा छन् ।

ली म्यान ही ८८ वर्षका भएका छन् । उनी आफूलाई दोस्रो जिसस क्राइस्ट भएको दाबी गर्छन् र आफूलाई बाइबलमा उल्लेख गरिएको ‘द प्रमिस्ड पास्टर’ मान्छन् । 

उनले यो चर्च सन् १९८४ मा सुरुवात गरेका हुन् । कोरियन भाषामा सिनचिओन्जीको अर्थ नयाँ स्वर्ग र पृथ्वी हुन्छ । लीले यसअघि आफूले आफूसँग १ लाख ४४ हजारलाई स्वर्गमा लैजाने दाबी गर्दै आएका थिए । 

  • प्रकाशित मिति : फागुन १९, २०७६ साेमबार १:४७:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया