काठमाडौं– नेपाली कांग्रेसमा सातजना विभाग प्रमुख थपिएका छन् । गत शनिबार १३ जना विभाग प्रमुख नियुक्त गरेका कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार थप सात जनालाई विभागमा प्रमुखमा मनोनीत गरेका हुन् ।
विभाग प्रमुख नियुक्त गर्नुअघि देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग आफ्नोतर्फबाट केही नाम सिफारिस गर्न आग्रह गरेका थिए । पौडेलले महाधिवेशन नजिकिएको कारण देखाउँदै नाम दिन अस्वीकार गरेपछि देउवाले आफूखुसी विभागीय प्रमुख तोकेका हुन् ।
थपिएका सातमध्ये एनपी साउदलाई शुभेच्छुक संस्था, अम्बिका बस्नेतलाई वातावरण तथा विपत् व्यवस्थापन, ईश्वरी न्यौपानेलाई महिला र केशवकुमार बुढाथोकीलाई राज्य प्रशासन विभाग, मोहनबहादुर बस्नेतलाई खेलकुद, वीरबहादुर बलायरलाई निर्माण व्यवसायी समन्वय र हरिप्रसाद नेपाललाई शिक्षा विभाग प्रमुखमा मनोनीत गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।