नेप्से परिसूचक ६ प्रतिशतले ओरालो लागेपछि सेयर कारोबार बन्द

काठमाडौं– नेपाल स्टक एक्सचेन्जले साेमबारका लागि शेयर कारोबार स्थगित गरेको छ । कारोबार मापक नेप्से परिसूचक ६ प्रतिशतले ओरालो लागेपछि आजको कारोबार बन्द गरिएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए ।

नेप्सेका अनुसार आज दिउँसो १ बजेर २९ मिनेटदेखि कारोबार स्थगित गरिएको हो । बिहान ११ बजे खुलेको बजार निरन्तर ओरालो लाग्दै १ बजेर २९ मिनेटसम्म पुग्दा नेप्से ९६.०६ विन्दुले ओरालो लाग्यो । उक्त गिरावट प्रतिशतका आधारमा ६.०६ हो ।

यस्तै सेन्सेटिभ परिसूचकसमेत १९.२० ले ओरालो लागेर ३२१.४३ मा पुगेको छ । सेन्सेटिभ परिसूचकसमेत ५.६४ प्रतिशतले ओरालो लागेको छ । कुल १ सय ७३ कम्पनीको ४९ लाख ८६ हजार ५ सय ४४ कित्ता शेयर दुई अर्ब १५ करोड ४४ लाख २८ हजार २ सय १५ कित्ता शेयर कारोबार भएको थियो । 

नेप्सेका अनुसार ‘सर्किट ब्रेक’ लाग्ने समयसम्म नेपाल लाइफ इन्सुरेन्स कम्पनीको १५ करोड ६८ लाख ११ हजार २ सय ५६ बराबरको शेयर कारोबार भएको थियो । यस्तै एनआइसी एशिया बैंकको १४ करोड ६१ लाख ५२ हजार १५० र एनएमबी बैंकको आठ करोड ९५ लाख २३ हजार ६ सय २० बराबरको शेयर कारोबार भएको थियो । 

आज बन्द भएको बजार मंगलबार भने सोही विन्दुबाट सुरु हुनेछ । नेप्सेका अनुसार कारोबार भएका सबै उपसमूहको सूचक घटेको छ । सामूहिक लगानी कोषको सबैभन्दा कम १.७४ प्रतिशतदेखि निर्जीवन बिमाको सूचक सबैभन्दा धेरै ७.४६ प्रतिशतले घटेको छ ।

नेप्सेका अनुसार आज प्रभु इन्सुरेन्स, प्रुडेन्सियल इन्सुरेन्स, गरिमा विकास बैंक, आरएसडिसी लघुवित्त, ग्रामीण विकास लघुवित्त, शिखर इन्सुरेन्स, सूर्या लाइफ इन्सुरेन्स, स्ट्यान्डर्ड चार्टर्ड बैंक, नेशनल माइक्रोफाइनान्स, नबिल बैंक, एभरेष्ट इन्सुरेन्स, सिद्धार्थ इन्सुरेन्स, फरवार्ड कम्युनिटी लघुवित्त, माछापुच्छ्रे बैंक र एभरेष्ट बैंकको सेयर मूल्य नौ प्रतिशत बढीले ओरालो लागेको छ । 





  • प्रकाशित मिति : फागुन १९, २०७६ साेमबार १६:३७:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया