केएल टावरमा मोबाइल बैंकिङ मेला सम्पन्न, आगामी मेला मार्च ८ मा सिभिल मलमा

काठमाडौं–डिजिटल वित्तीय सेवामा जडान गर्ने उद्देश्यले आइप्लेक्स मलमा सफलतापूर्वक मोबाइल बैंकिङ मेला आयोजना गरेको फोनपेले राजधानीको चाबहिलस्थित केएल टावरमा पनि दोस्रो मेला सम्पन्न गरेको छ । आफूलाई नेपालको अग्रणी भुक्तानी नेटवर्क दाबी गर्ने फोनपेले राजधानीमा रहेका प्रमुख मलहरूमा फेब्रुअरी र मार्च महिनामा यस किसिमको मोबाइल बैंकिङ मेला सञ्चालन गर्नेछ ।
  
‘मोबाइल बैंकिङ’ बैंकहरूले प्रदान गरेको सेवा हो, जसबाट प्रयोगकर्ताले मोबाइल फोनमार्फत बैंक भुक्तानी, फन्ड ट्रान्सफर, स्टेटमेन्ट जाँचजस्ता थुप्रै सेवा लिन सकिनेछ । मोबाइल बैंकिङमार्फत जुनसुकै बेला पनि वित्तीय सेवा प्रयोग गर्न सकिन्छ । स्क्यान टु पे सुविधामार्फत बिजुलीको महसुल, टेलिफोन बिल भुक्तानी, हवाइजहाज टिकट, चलचित्र टिकट, किराना पसलमा किलमेलजस्ता थुप्रै सेवा  सरल रूपमा लिन सकिन्छ ।

मोबाइल बैंकिङ मेला एउटा आकर्षक अन्तरक्रियात्मक कार्यक्रम हो, जहाँ धेरै रोचक खेलका साथमा सहभागीले थुप्रै पुरस्कार जित्न सक्नेछन् । मलमा आउने मानिसमा ‘स्पिन द विल’ बोनान्जा  आकर्षणको केन्द्रविन्दु बनेको छ ।

सहभागी सबैले फेन्सी सामग्रीका साथै तत्काल मोबाइल टपअप जस्ता उपहार जित्न सक्नेछन् । मेलामा सहभागीमध्येबाट एकजनाले बम्पर उपहारका रूपमा  ५० हजार रुपैयाँ जित्न सक्नेछन् । बम्पर उपहार विजेता मेलाको अन्तिममा घोषणा गरिनेछ । 

यसबाहेक यो योजनामा सहभागीले फोन पेको अर्को मेगा अभियान ‘पैसा लिने र तिर्ने, दुबई उड्ने’ योजनामा सहभागी हुन सक्नेछन् । कुनै पनि मोबाइल बैंकिङ प्रयोगकर्ता आफनो बैंकको मोबाइल बैंकिङ एपमार्फत क्युआर स्क्यान टु पेमार्फत कारोबार गरी यस योजनामा सहभागी हुन सक्नेछन् । जनवरी २ देखि सुरु भएको यो योजना जुलाई २, २०२० सम्म चल्नेछ । 

उपहार विजेताको नाम दैनिक, साप्ताहिक र मासिक रुपमा घोषणा गरिनेछ । दैनिक ५ जना ग्राहकले एउटा कारोबारको शतप्रतिशत क्यास ब्याक प्राप्त गर्नेछन् । यस्तै, पाँचवटा मर्चेन्टले आकर्षक उपहार प्राप्त गर्नेछन् । यसैगरी हरेक हप्ता एकजना ग्राहक र मर्चेन्टले २५ हजार रुपैयाँको मोबाइल फोन जित्न सक्नेछन् । यस उपहार योजनामा हरेक महिना एकजना ग्राहक र मर्चेन्टले डिजिटल लक्की ड्रमार्फत दुबई ट्रिप जित्न सक्नेछन् । 

मिस नेपाल २०१९ की विजेता अनुष्का श्रेष्ठले मोबाइल मेलामा सहभागिता जनाई ‘पैसा लिने र तिर्ने, दुबई उड्ने’ योजनाका साप्ताहिक मोबाइल विजेतालाई २५ हजार रुपैयाँबराबरको मोबाइल फोन हस्तान्तरण गरिन् । अर्को मोबाइल बैंकिङ मेला मार्च ८ का दिन सुन्धाराको सिभिल मलमा आयोजना हुनेछ । 





  • प्रकाशित मिति : फागुन १९, २०७६ साेमबार १७:४९:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया