एजेन्सी– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तिममा आएर सामाजिक सन्जाल नछोड्ने भएका छन् । उनले यसको रहस्या बरु उठाउँदै अर्को एउटा ट्विट गरेका छन् ।
मंगलबार गरेको ट्विटमा उनले यो महिला दिवसमा आफ्नो सामाजिक सन्जालका एकाउन्टहर ती महिलालाई समर्पित गर्ने जसको जीवनले सबैलाई प्रेरित गरेको बताएका छन् ।
उनले ट्विट गरेका छन्, ‘यो महिला दिवसमा म आफ्ना सबै सामाजिक सन्जालका एकाउन्ट ती महिलाहरुका लागि समर्पित गर्न चाहन्छु जसको कामले हामी सबैलाई प्रेरित गरेको छ ।’
प्रधानमन्त्री मोदीले हिजोमात्र ट्विट गर्दै आफूले सामाजिक सन्जाल चलाउन छोड्ने बताएका थिए ।
उनले आज लेखेको ट्विटले पनि सामाजिक सन्जालमा नयाँ बहस निम्त्याएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।