धोनीलाई सुरेश रैनाको यो अँगालो

एजेन्सी– भारतीय क्रिकेटर महेन्द्र सिंह धोनी लामो समयको विश्रामपछि अब क्रिकेट मैदानमा फर्किएका छन् । भारतमा आइपिएल २०२० को सुरुवात २९ मार्चबाट हुँदैछ । पहिलो खेल चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सबीच खेलिँदै छ । चेन्नई सुपर किंग्सका कप्तान महेन्द्र सिंह धोनी पनि यो खेल खेल्नका लागि चेन्नई पुगेका छन् । 

टिमको होटलमा जब मेहन्द्र सिंह धोनीसँग अर्का क्रिकेटर सुरेश रैना मिलेको थिए, त्यहाँ एउटा भिडियो खिचियो । अहिले त्यो भिडियो सिएसकेले आफ्नो ट्विटर ह्यान्डलमा राखेको छ । र, यो भिडियो भाइरल भएको छ ।

धोनी आइसिसी विश्वकप २०१९ को सेमिफाइनल पछि क्रिकेट मैदानमा देखिएका छैनन् । त्यसैले पनि उनको कमब्याकको धेरैलाई प्रतीक्षा छ ।





  • प्रकाशित मिति : फागुन २०, २०७६ मंगलबार १८:०:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया