बलात्कारको आरोप लागेका बाबा जेल चलान

बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई मंगलबार झुम्का कारागार चलान गरिएको छ ।

एक अनुयायी महिलालाई जवर्जस्ती करणी गरको अभियोगमा थुनछेकका लागि गिरीलाई विराटनगर उच्च अदालतको आदेशअनुसार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी विनोद शर्माले बताए ।

उनकै एक अनुयायी महिलाले सिद्धबाबा भनिने गिरीमाथि जवर्जस्ती करणी गरेको किटानी जाहेरी दिएकी थिइन । सो आरोपमा सुनसरी जिल्ला अदालतले गिरीलाई धरौटीमा रिहा गर्र्ने आदेश दिएको थियो ।

जिल्ला अदालतको आदेशमा चित्त नबुझेपछि विराटनगर उच्च अदालतमा त्यसविरुद्ध निवेदन परेको थियो । उच्च अदालतले ९ माघमा गिरीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । उच्च अदालतको आदेश आउनुअघि भागेका गिरी मंगलबार बिहान अदालतमा उपस्थित भएका थिए ।





  • प्रकाशित मिति : फागुन २०, २०७६ मंगलबार १९:५०:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया