काठमाडौं– विश्वभर फैलिएको कोरोना भाइरस जोखिमको पूर्वसाबधानीस्वरुप राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले खेल प्रतियोगिताहरु रोक्ने तयारी गरेको छ ।
सरकारले कोरोना भाइरसको जोखिमबाट बच्न सभा, सभारोह तथा धेरै मानिसहरुको जमघट हुने कार्यक्रम स्थगित गर्न गरेको आग्रहलाई मनन गर्दै राखेपले सबै प्रतियोगिता रोक्न लागेको हो ।
अहिले जारी रहेका खेलहरुलाई रोक्न गाह्रो हुने तर तर अब हुने प्रतियोगिता भने स्थगित गर्ने तयारी रहेको राखेपका सदस्यसचिव रमेश सिलवालले बताए । यसबारे राखेपले बिहीबार साँझसम्ममा निर्णय लिने उनको भनाइ छ ।
राखेपको तयारीअनुसार एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट समेत रोकिने प्रबल सम्भावना छ । विश्वकप छनोटका खेल पनि रोकिनेछन् । अष्ट्रेलियाले खेल सार्न एएफसीमा निवेदन दिइसकेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।