काठमाडौं— चीनको वुहान सहरबाट सुरु भएको कोरोना भाइरस अहिले विश्वका ६७ भन्दा धेरै देशमा देखिन थालेको छ । पछिल्लो समय अमेरिका, युरोप र दक्षिण कोरियामा यसको संक्रमण निकै बढेको छ । शुक्रबारसम्म मात्र अमेरिकामा कोरोना भाइरसका कारण १० जनाभन्दा बढीको मृत्यु भइसकेको छ ।
अष्ट्रेलियामा पनि कोरोना भाइरसका संक्रमितहरु बढ्दै गएका छन् । अष्ट्रेलियाका निकै प्रसिद्ध कम्पोजर ब्रेट डिन पनि कोरोना भाइरस संक्रमित भएका छन् ।
उनको एजेन्सीका अनुसार उनी अहिले एडिलेडको एक अस्पतालमा उपचारार्थ भर्ना भएका छन् ।
उनले गत शनिबार त्यहाँको एक अर्केष्ट्रामा पर्फम गरेका थिए ।
उता, फिलिपिन्समा पनि कोरोना भाइरसका बिरामी बढिरहेका छन् । फिलिपिन्सले जापानबाट आएका र अन्यत्रबाट आएका व्यक्तिहरुमा कोरोना भाइरस देखिएको बताएको छ ।
अष्ट्रेलियामा कोरोना भाइरस संक्रमणका कारण ट्वाइलेट पेपर सर्टेज देखिएको छ । पछिल्ला केही दिनयता त्यहाँ मानिसहरुले कोरोना भाइरसका संक्रमण बढ्दै गएपछि अत्यन्त धेरै ट्वाइलेट पेपर किनिरहेका छन् ।
उता, अमेरिकामा राष्ट्रपति कार्यालयले आफूहरुसँग टेस्टिङ किटको अभाव भएको जनाएको छ ।
कोरोना भाइरसकै विषयालाई लिएर जापान र दक्षिण कोरियाबीचको कुटनीतिक सम्बन्ध थप कमजोर हुँदै गएको छ । जापनाले दक्षिण कोरिया भ्रमणबाट फर्किएकाहरुलाई दुई सातासम्म क्रुज सिपमा रोकेपछि दक्षिण कोरिया रुष्ट हुँदै प्रतिक्रिया निकालेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।