वर्षाका कारण नेपाल र सिङ्गापुरबीचको खेल स्थगित

काठमाडौं— थाइल्याण्डमा जारी एसिसी पूर्वी क्षेत्रीय टि–२० छनोटको आज तय भएको नेपाल र सिङ्गापुरबीचको खेल मैदान ओसिलो भएपछि स्थगित भएको हो । 

बिहिबार (हिजो) राती परेको भारी वर्षका कारण बैंककस्थित टेर्डथाई क्रिकेट मैदान खेल्न योग्य नभएपछि टस समेत नभई खेल स्थगित गरिएको हो । 

यो खेल स्थगित भएसँगै दुवै टोलीले समान १–१ अंक पाएका छन् । 

नेपालले चार खेलमा दुईमा हार र एकमा जित तथा एकमा बिना नतिजाको साथमा ३ अंक जोडेर चौथो स्थानमा रहदै प्रतियोगीताको अन्त्य गरेको छ ।

नेपाल प्रतियोगितामा मलेसिया तथा हङकङसँग पराजित भएको थियो । प्रतियोगितामा एक मात्र जित नेपालले थाइल्यान्डविरुद्ध निकालेको थियो । 

अर्कोतिर, सिङ्गापुर चार खेलमा ३ जित तथा एक विना नतिजाको साथमा ७ अंक जोड्दै शिर्ष स्थानमा रहँदै प्रतियोगीताको अन्त्य गरेको छ ।



यसका साथ–साथै सिङ्गापुर एसीया कपको छनोट प्रतियोगीताका लागि पनि छनोट भएको छ ।  

यो प्रतियोगीताबाट शिर्ष दुई टोली एसीया कपको छनोट प्रतियोगिताका छनोट हुनेछन अर्को टोलीको टुङ्गो भने मलेसीया तथा हङकङविरुद्धको अन्तिम  खेलले लगाउने छ ।



  • प्रकाशित मिति : फागुन २३, २०७६ शुक्रबार ११:२१:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया