कोरोनासम्बन्धी अफवाहका कारण कालोबजारी मौलायाे : सांसद झाँक्री

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद रामकुमारी झाँक्रीले बजारमा कालोबजारी मौलाएको र सर्वसाधारण निरास भएको बताएकी छन् । शुक्रबार प्रतिनिधिसभामा बोल्दै उनले कोरोनासम्बन्धी अफवाहका कारण यस्तो अवस्था सिर्जना भएको औँल्याइन् ।

संसद्मा प्रस्तुत भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि धारणा राख्दै उनले सामाजिक सञ्जालबाट पनि अफवाह फैलिएकाले यसलाई नियन्त्रण गर्दै सरकारले आधिकारिक सूचना ल्याउन ढिला गर्न नहुने बताइन् ।

सरकारले कोरोना भाइरसबारे आधिकारिक सूचना दिएर जनतालाई आश्वास्त तुल्याउन आवश्यक रहेको भन्दै उनले त्यसपछि सामाजिक सञ्जालको सूचनाबाट सर्वसाधारण प्रभावित नहुने बताइन् । जनताले के गर्नुपर्छ भनेर सरकारले आधिकारिक धारणा गर्नुपर्ने उनको माग छ । 

सरकार कालोबजारी नियन्त्रण गर्न कदम चाल्नुपर्ने र यसमा प्रदेश र स्थानीय सरकार पनि लाग्नुपर्ने उनको भनाइ छ । उनले भनिन्,  ‘कालाबजारी नियन्त्रका लागि सरकार  जाग्नुपर्यो । खालि संघीय सरकार होइन, प्रदेश सरकार, ७५३ स्थानीय सरकारहरुले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्छ ।’

कोरोनाले अहिले जनस्वास्थ्य मात्र नभई विश्वकै अर्थतन्त्रलाई भयावह अवस्थामा पुर्‍याउन लागेको उल्लेख गर्दै उनले नेपालमा कोरोना भाइरसको संक्रमण देखिएमा थेग्न गाह्रो हुने भएकाले पहिले नै सचेत हुनुपर्ने बताइन् ।





  • प्रकाशित मिति : फागुन २३, २०७६ शुक्रबार १६:२:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया