काठमाडाैं– काठमाडौंबाट सुर्खेत आएका एक युवामा ज्वरोको मात्रा बढी देखिएपछि चिकित्सकको निगरानीमा राखिएको छ ।
बिहीबार बिहान सुर्खेत विमानस्थलमा जाँच गर्दा ती युवामा १००.५ डिग्री सेल्सियस ज्वरो देखिएको हो । जापानबाट कोरिया हुँदै ती युवा नेपाल आइपुगेको बताइएको छ । उनलाई प्रदेश अस्पताल कालागाउँमा चिकित्सकको निगरानीमा राखिएको छ ।
यसैबीच, अस्पतालका निर्देशक डा. डम्बर खड्काले ज्वरो बढी देखिएकाले पूर्ण रुपमा स्वास्थ्यकर्मीको निगरानीमा राखिएको जानकारी दिए । उनले भने, 'ती युवालाई तत्काल आइसोलेसनमा राख्नुपर्ने अवस्था छैन ।'
प्रदेश सरकारले विश्वमा महामारीको रुपमा फैलिएको सो भाइरसबाट सुरक्षित रहन सुर्खेत विमानस्थलमा ‘हेल्थ डेस्क’ स्थापना गरेपछि दैनिक स्वास्थ्य जाँच सुरु गरिएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।