अर्को महिनासम्ममा कोरोना भाइरसको खोप उपलब्ध हुने चीनको दाबी

काठमाडौं– कोरोना भाइरसको उत्पत्ति भएको देश चीनले कोभिड–१९विरुद्ध आपतकालीन प्रयोगका लागि अर्को महिना केही खोप उपलब्ध हुन सक्ने बताएको छ । चीनले यस्तो खोपको विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगको विज्ञान तथा प्रविधि विकास केन्द्रका निर्देशक झेङ झोङवेईका अनुसार खोपका लागि भाइरसको पाँच पक्षलाई आधार बनाइएको छ । जयसमा स्थिर रुपमा सुधार आइरहेको बताइएको छ ।

अझै पनि अनुसन्धानको क्रममा थप कठिनाइ आउन सक्ने उनले बताएका छन् । आफू र आफ्नो टिमले भाइरसबाट सिक्ने क्रम जारी रहेको उनले बताए । 

साउथ चाइना मर्निङ पोष्टका अनुसार केन्द्रीय सरकारी अधिकारीले आगामी महिनाबाट केही खोप परीक्षणका लागि अनुमति दिने बताएका छन् । डिङ सियाङयाङ नामका ती अधिकारीले हुवेई प्रान्तमा कोरोना भाइरसको विषयमा अध्ययन गर्दै आएका छन् ।





  • प्रकाशित मिति : फागुन २३, २०७६ शुक्रबार १९:३४:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया