कोरानाको डरले रोकियो सलमान खानको फिल्म सुटिङ

सलमान खान आजभोलि फिल्म राधेः योर मोस्ट वान्टेड भाईको सुटिङमा व्यस्त छन् । यसका लागि उनले अभिनेत्री दिशा पटानीसँग अजरबैजान जाने कार्यक्रम पनि बनाएका थिए । तर, पछिल्लो समय कोरोना भाइरसको संक्रमणको डरका कारण अहिले यो फिल्मको सुटिङ रोकिएको जनाइएको छ । 

उनीहरुले यो फिल्मको एउटा गीत र एक्सन सिक्वेन्स त्यहाँ सुट गर्ने योजना बनाएका थिए । 

अजरबैजान जान अहिले उचित नभएको भन्दै यो फिल्म सुटिङ त्यहाँ रोकिएको हो । तर, अब यो सिन र गीत बाहिर नै सुट गरिने बताइएको छ । 

सलमान खानको यो फिल्म राधेः योर मोस्ट वान्टेड भाइको निर्देशन प्रभुदेवा गरिरहेका छन् । यो फिल्म आगामि वर्ष इदमा रिलिज हुने बताइएको छ ।





  • प्रकाशित मिति : फागुन २५, २०७६ आइतबार ११:४८:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया