काठमाडौं– महिला टी २० क्रिकेट विश्वकपको फाइनलमा अष्ट्रेलियाले भारतलाई ८५ रनले हराउँदै च्याम्पियनको ट्रफी उचालेको छ ।
भारतीय टिमलाई अष्ट्रेलियाले १८५ रनको लक्ष्य दिएको थियो । तर, भारतीय टिमले ९९ रनमात्र जोड्न सफल भयो । यो योगफल तयार गरेपछि अलआउट भएको भारतको फाइनल खेलमा प्रदर्शन राम्रो हुन सकेन ।
अष्ट्रेलियाको टिमले सुरुवात देखि नै निकै आक्रामक खेलेको थियो । भारतीय टिम चाहिँ सुरुवात देखि नै कमजोर भयो ।
भारतीय टिमी शेफाली बर्माले पहिलो ओभरमा २ रन मात्र बनाउन सकिन्, त्यसपछि उनी आउट भइन् । ओपनिङमा नै गएकी जोमिमा रोड्रिग्सले पनि कुनै रन बनाउन सकिनन् ।
भारतकी स्मृति मन्धानाले पनि ११ रन मात्र बनाउन सकिन् । हरमन प्रित कौर पनि खासै रन नबनाउँदै पेभेलियनमा फर्किइन् ।
चार पटक विश्व च्याम्पियनको ट्रफी उचालेको अष्ट्रेलियाली टिम फेरि एक पटक च्याम्पियन बन्दै पाँचौ पटक विश्वकपलाई आफ्नो नाममा गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।