कोरोना भाइरसः कतारले लगायो नेपालसहित १४ देशका नागरिकलाई प्रतिबन्ध

काठमाडौं– कोरोना भाइरस संक्रमणले विश्वभर कहर मच्चाइरहँदा कतारले नेपालसहित १४ देशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ । 

आइतबार सूचना जारी गर्दै कतार सरकारले चीन, भारत, इजिप्ट, इरान, इराक, लेबनान, बंगलादेश, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया, थाइल्यान्ड र नेपालका नागरिकलाई प्रवेशमा रोक लगाएको हो ।

कतारमा पनि कोरोना भाइरस संक्रमणका बिरामी भेटिइसकेका छन् । त्यहाँका सन्चारमाध्यमका अनुसार कतारमा कम्तिमा पनि १५ जना कोरोना भाइरस संक्रमित भेटिएका छन् । तीमध्ये ३ जना विदेशी कामदार भएको बताइएको छ । तर, यी ३ जनामा नेपाली छन् या छैनन् भन्नेबारे केही बुझिएको छैन । 

कतारमा अहिले ३ लाख १५ हजारभन्दा बढी नेपाली कामदार रहेको त्यहाँको दूतावासले जनाएको छ ।

गत डिसेम्बरमा चीनको वुहानमा पहिलो पटक देखिएको कोरोना भाइरस अहिले १०९ देशमा देखिइसकेको छ । कतिपय देशमा कोरोनाका कारण कम्तिमा पनि एक जनाको मृत्यु भइसकेको छ । पछिल्ला दिनमा इटाली र दक्षिण कोरियामा कोरोना भाइरसका संक्रमित तथा मृतकको संख्या ह्वात्तै बढेको छ ।

विश्व स्वास्थ्य संगठनले कोरोनाका कारण विश्वभर ३ हजार ५ सयभन्दा धेरैको मृत्यु भइसकेको जनाएको छ ।





  • प्रकाशित मिति : फागुन २६, २०७६ साेमबार १२:०:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया