होली मनाउँदा छतबाट लडेका धीरज, मोबिल दलेर सहर घुमेका दीपक

काठमाडौं— होली, रंगहरुको पर्व । यसपटक होली यसअघिका वर्षहरुको जस्तो रौनक लिएर काठमाडौंमा आएको छैन, नेपालमा आएको छैन । यसको कारण विश्वभर सन्त्रास फैलाएको कोरोना भाइरस हो । 

तर, हाम्रा स्मृतिहरुलाई कुनै पनि भाइरसले निस्तेज गर्न सक्दैनन् । सायद, स्मृति नै त्यस्तो कुरा हो जसले हामीलाई अगाडि धकेलिरहन्छ, अगाडि बढाउन खोजिरहन्छ । स्मृति नै त्यस्तो कुरा जसले विगतका ती प्रसंग र कुराहरुलाई फेरि एकपटक टपक्क टिपेर आँखै अगाडि ल्याएर राखिदिन्छ । 

त्यसैले त गायक धीरज राई पनि होली आयो कि रंगहरुको क्षणलाई सम्झिन्छन् र रंगहरुमा आफूलाई पाउँछन् । 

होलीसँग सम्बन्धित यस्तै एउटा स्मृति छ, धीरजको ।

कुरा त्यस्तै, १० वर्ष पहिलेको हो । साथीहरुसँग होली खेल्न छतमा पुगेका थिए धीरज । तर, खेल्ने क्रममा उनी लडे, छतबाट । 

‘कस्सो गम्भीर घाइते चाहिँ भइनँ,’ फरकधारसँग उनले भने, ‘तर, अहिले होली आउँदा त्यो घटना सम्झिन्छु, पछिसम्म ब्याकपेन भएर दुःख पाएको थिएँ ।’



अर्का गायक दीपक लिम्बुलाई पनि होलीले निकै उत्साहित र रोमान्चित बनाउँछ । उनी प्रत्येक वर्ष होली मनाउँछन् ।

तर, यसपटक उनले पनि होली नमनाउने निर्णय गरेका छन्, कोरोना भाइरसका कारण । उनले त बरु आफ्ना कन्सर्टहरु पनि रद्द गरेका छन् । 



कोरोनाको कहरले यसपटक होली मनाउन नपाए पनि दीपकलाई आजभन्दा झन्डै १५ वर्ष अघिको होलीको सम्झना ताजै छ । त्यति बेला उनी धरानमै थिए । 

‘त्यहाँ होली विशेष हुन्थ्यो, साथीभाइसँग खुब खेलिन्थ्यो,’ फरकधारसँग दीपकले आफ्ना कुरा सम्झिए, ‘डढेको मोबिल मुखभरी दलेर बजार घुमिन्थ्यो, बहुतै आनन्द र रमाइलो हुन्थ्यो ।’

  • प्रकाशित मिति : फागुन २६, २०७६ साेमबार १४:४१:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया