बेलायती स्वास्थ्यमन्त्रीलाई पनि कोरोना भाइरस संक्रमण

एजेन्सी– बेलायती स्वास्थ्यमनत्री तथा कन्जर्भेटिभ पार्टीकी सांसद नादिन डोरिसलाई पनि कोरोना भाइरस संक्रमण भएको छ ।

बेलायतमा कोरोना भाइरस संक्रमण देखिएकी उनी पहिलो सांसद हुन् । आफूलाई कोरोना भाइरस संक्रमण देखिएपछि उनले घरमै आफूलाई सेल्फ क्वारेन्टाइनमा राखेकी छिन् । 

अहिलेसम्म बेलायतमा कोरोना भाइरसका कारण ६ जनाको निधन भइसकेको छ । त्यहाँ ३ सय ८२ भन्दा धेरै जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । 

बेलायतमा कोरोना भाइरस संक्रमणकै कारण मृत्यु हुने अन्तिम व्यक्ति ८० वर्षभन्दा माथिका थिए । उनलाई अन्य स्वास्थ्य समस्या पनि रहेको थियो ।

सांसद डोरिसलाई समेत कोरोना भाइरस संक्रमण देखिएपछि त्यहाँको स्वास्थ्यविभागले अब मानिसहरुको कोरोना भाइरस संक्रमणलाई जाँच्नका लागि आफूलाई ‘गियर अप’ गरेको जनाएउको छ । अब त्यहाँ दैनिक १० हजारभन्दा धेरैको परीक्षण हुनेछ । अहिले त्यहाँ दैनिक १५ सयको परीषण भइरहेको छ ।

अर्कोतिर डोरिससँग सम्पर्कमा आएका व्यक्तिहरुबारे पनि अब अनुसन्धान सुरु भएको छ । त्यहाँको स्वास्थ्य विभागले उनीहरुलाई पनि आइसोलेसनमा राख्ने तयारी गरेको छ । ६२ वर्षकी डोरिसले अब आफूसँगै बस्ने ८४ वर्षकी आमालाई ज्वरो आएकाले आफू चिन्तित रहेको बताएकी छिन् ।



स्वास्थ्यमन्त्रीमा पनि कोरोना भाइरस देखिएपछि अब बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले पनि आफूलाई कोरोना भाइरस भए नभएको थाहा पाउन परीक्षण गर्ने भएका छन् ।



  • प्रकाशित मिति : फागुन २८, २०७६ बुधबार ९:५८:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया